हितोपदेश 24:7-9
हितोपदेश 24:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मूर्खको निम्ति बुद्धि साह्रै उच्च हुन्छ, ढोकामा जम्मा भएको समुदायको अगि बताउने कुरा त्यससँग हुँदैन। खराबी जसले रच्दछ, त्यो षड्यन्त्रकारीको नाउँले चिनिनेछ। मूर्खताका षड्यन्त्रहरू पाप हुन्, र मानिसहरू अर्काको खिल्ली उड़ाउनेलाई घिनाउँछन्।
हितोपदेश 24:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मूर्खको लागि बुद्धि धेरै उच्च हुन्छ; मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन। जसले खराबी रच्दछ, त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ। मूर्खताका षड्यन्त्रहरू पाप हुन्; र मानिसहरूले गिल्ला गर्नेलाई घृणा गर्छन्।
हितोपदेश 24:7-9 पवित्र बाइबल (NERV)
मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन। दुष्ट षड्यन्त्र सधैँ गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्। मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।
हितोपदेश 24:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बुद्धिका कुराहरू गहिरा हुन्छन् र मूर्खले बुझ्न सक्दैन। ठूला-ठूला कुरामा बहस चल्दा त्यसको भन्ने कुरा केही हुँदैन। सधैँ दुष्ट्याइँ गर्ने युक्ति गरे कचिङ्गल लाउने भनी नाम पाउनेछौ। मूर्खले सोचेको हरेक योजनामा पाप हुन्छ। अर्काको गिल्ला मात्र गर्ने मानिसलाई सबैले घृणा गर्छन्।