हितोपदेश 23:10-12
हितोपदेश 23:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, अथवा टुहुरा-टुहुरीको खेतबारी नमिच्, किनभने तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ। उहाँले तेरो विरुद्ध तिनीहरूको मामिला उठाउनुहुनेछ। तेरो हृदय अर्तीतिर लगा, र तेरा कान ज्ञानका वचनतिर लगा।
हितोपदेश 23:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ, अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच, किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ; उहाँले तिम्रो विरुद्धमा तिनीहरूका मामिला लिनुहुनेछ। तिम्रो हृदय अर्तीमा र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ।
हितोपदेश 23:10-12 पवित्र बाइबल (NERV)
जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर। किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लड्नु हुन्छ। तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ।
हितोपदेश 23:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पुरानो साँध-सिमाना नसार। टुहुरा-टुहुरीहरूका जमिन नमिच। परमप्रभु तिनीहरूका शक्तिशाली रक्षक हुनुहुन्छ र उहाँले तिम्रो विरुद्ध तिनीहरूको मुद्दामा बहस गर्नुहुनेछ। तिम्रा गुरुको अर्तीमा ध्यान देओ र तिनीबाट सकेसम्म ज्ञान लेओ।