हितोपदेश 11:18-20
हितोपदेश 11:18-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्ट मानिसले ठगाइको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, उसले निश्चित इनाम कटनी गर्छ। साँच्चैको धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्टताको पछि लाग्ने मानिस मृत्युमा पर्छ। कुटिल हृदय भएको मानिसलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर तिनीहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, जसका चालहरू निर्दोष छन्।
हितोपदेश 11:18-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दुष्ट मानिसले छलको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, त्यसले निश्चय नै प्रतिफलको कटनी गर्छ। धर्मी मानिसले निश्चय नै जीवन प्राप्त गर्छ, तर दुष्टताको पछि लाग्ने मानिस आफ्नै मृत्युमा पुग्छ। याहवेहले भ्रष्ट हृदय भएकालाई घृणा गर्नुहुन्छ; तर निर्दोष मार्गमा चल्नेहरूसित उहाँ प्रसन्न हुनुहुन्छ।
हितोपदेश 11:18-20 पवित्र बाइबल (NERV)
दुष्ट मानिसले अरूलाई ठग्छ र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ। साँचो धार्मिक मानिसले जीवन ल्याउँछ, तर दुष्ट मानिसहरू दुष्टताको पछि लाग्छन् अनि मर्छन्। कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सँग उहाँ खुशी हुनुहुन्छ।
हितोपदेश 11:18-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्ट मानिसहरूले वास्तवमा केही लाभ प्राप्त गर्दैनन् तर ठीक काम गर्नेले निश्चय फल पाउँछ। जसले भलाइ गर्ने सङ्कल्प गर्दछ, त्यसले जीवन पाउँछ; तर जसले दुष्ट्याइँ गर्न जिद्दी गर्छ, त्यो नाश हुन्छ। दुष्ट मन भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर उहाँले निर्दोष चालमा चल्नेहरूलाई प्रेम गर्नुहुन्छ।