फिलिप्पी 4:4-6
फिलिप्पी 4:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्

फिलिप्पी 4:4-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर! तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्।
फिलिप्पी 4:4-6 पवित्र बाइबल (NERV)
सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ। मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ। कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।
फिलिप्पी 4:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रभुमा सधैँ आनन्द मनाओ, फेरि भन्दछु, आनन्द मनाओ। तिमीहरूले सबैसँग राम्रो व्यवहार गर। प्रभु चाँडै आउनुहुन्छ। केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ।