फिलिप्पी 3:10-12
फिलिप्पी 3:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ, र उहाँको मृत्युमा उहाँजस्तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ। सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकूँ। मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो!
फिलिप्पी 3:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म ख्रीष्टलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छु—उहाँको कष्ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु; अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु। मैले यी सबै कुरा प्राप्त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु।
फिलिप्पी 3:10-12 पवित्र बाइबल (NERV)
म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु। अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु। परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो।
फिलिप्पी 3:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मचाहिँ ख्रीष्टलाई जान्न र उहाँकै बिउँतने शक्तिको अनुभव गर्न उहाँको दु:खको सहभागी हुन र उहाँको मृत्युसम्मै उहाँजस्तै हुन चाहन्छु र हुन सके मरेकोबाट पनि बिउँतन सकूँ। मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्ट येशूले मलाई अघि नै आफ्नो पारिसक्नुभएको छ।