मत्ती 2:5-6
मत्ती 2:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्: ‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एक जना शासक निस्किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्’।”
मत्ती 2:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्: “ ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम, तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्; किनकि तँबाट एक जना शासक आउनुहुनेछ, जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’”
मत्ती 2:5-6 पवित्र बाइबल (NERV)
तिनीहरूले जवाफ दिए, “यहूदियाको बेतलेहेम शहरमा, अगमवक्तद्वारा यस विषयमा लेखिएको छ: ‘ए बेतलेहेम, यहूदाको मुलुक, तँ यहूदाका शासकहरूका माझ महान छस्। हो, तँबाट एकजना शासक आउनेछन्, जो मेरो मानिस, इस्राएलको रखवाल गर्नेछन्।’”
मत्ती 2:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूले भने, “यहूदियाको बेथलेहेम गाँउमा किनभने धर्मशास्त्रमा अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्– ‘ए यहूदियाको बेथलेहेम, तँ यहूदियाका सहरहरूका बीचमा कुनै किसिमले पनि सानो छैनस् किनभने तँबाट ठूला राजा निस्केर आउनेछन् र उनले नै गोठालाले जस्तै मेरो प्रजा इस्राएलको हेरचाह गर्नेछन्।”