लूका 7:42-43
लूका 7:42-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?” सिमोनले भने, “म ठान्छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।”
लूका 7:42-43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब लौ भन, ती दुईमध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्ला?” सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।” येशूले भन्नुभयो, “तिमीले ठिक विचार गर्यौ।”
लूका 7:42-43 पवित्र बाइबल (NERV)
तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?” शिमोनले भन्यो, “मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।” येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”