लूका 23:46-48
लूका 23:46-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उच्च सोरले कराएर येशूले भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो। यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी धार्मिक मानिस थिए।” यो दृश्य हेर्न जम्मा भएका सबै मानिसहरूले यी सब देखे, र आ-आफ्ना छाती पिट्दै घर फर्के।
लूका 23:46-48 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले चर्को सोरमा कराएर भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यसो भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। यी सबै भएको घटना देखेर सेनापतिले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय नै यिनी धर्मी मानिस थिए।” जब यो दृश्य हेर्न त्यहाँ जम्मा भएका सबै मानिसहरूले त्यहाँ भएको घटना देखे, तब विलाप गर्दै तिनीहरू आ-आफ्ना छाती पिट्दै फर्के।
लूका 23:46-48 पवित्र बाइबल (NERV)
येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिँदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो। सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।” धेरै मानिसहरू यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गहौं गराए अनि गए।
लूका 23:46-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि ठूलो सोरले येशू कराउनुभयो, “हे पिता, म मेरो आत्मालाई तपाईंकै हातमा सुम्पँदै छु।” यति भनेर उहाँले प्राण त्याग्नुभयो। यस्तो भएको देखेर रोमी सिपाहीहरूका कप्तानले परमेश्वरको प्रशंसा गर्दै भने, “साँच्चै यी मानिस धर्मी रहेछन्।” यी सबै भएको हेर्न आउने मानिसहरू रुँदै र विलाप गर्दै घरतिर फर्के।