लूका 11:14-20

लूका 11:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले एउटा भूत निकालिरहनुभएको थियो, जो गूँगो थियो। भूत निस्‍केपछि त्‍यो गूँगो मान्‍छे बोल्‍न थाल्‍यो, र मानिसहरू आश्‍चर्यचकित भए। तर तिनीहरूमध्‍ये कसै-कसैले भने, “भूतहरूको मालिक बालजिबुलद्वारा त्‍यसले भूतहरू निकाल्‍छ।” अरूहरूले चाहिँ उहाँको परीक्षा गर्न उहाँसँग स्‍वर्गबाट एउटा चिन्‍ह मागे। तर तिनीहरूका विचार थाहा पाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जुन राज्‍यमा फूट हुन्‍छ, त्‍यो उजाड हुन्‍छ। जुन घरमा फूट हुन्‍छ, त्‍यो नष्‍ट हुन्‍छ। शैतानको पनि आफैसँग फाटो भयो भने, त्‍यसको राज्‍य कसरी टिक्‍ला? किनभने तिमीहरू भन्‍दछौ, कि म बालजिबुलद्वारा भूतहरू धपाउँछु। म बालजिबुलद्वारा भूतहरू निकाल्‍दछु भने, तिमीहरूका छोराहरूले कसद्वारा तिनीहरूलाई निकाल्‍छन्? तिनीहरूले नै तिमीहरूको न्‍याय गर्नेछन्‌। तर परमेश्‍वरको औँलाले म भूतहरू निकाल्‍छु भने, परमेश्‍वरको राज्‍य तिमीहरूकहाँ आइसकेको छ।

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:14-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एक दिन येशूले एउटा लाटो व्यक्तिबाट भूतआत्मा निकालिरहनुभएको थियो। भूतआत्मा निस्केपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर भीड छक्‍क पर्‍यो। तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।” अनि अरूहरूले स्वर्गबाट एउटा चिन्ह माग्दै उहाँको परीक्षा गरे। येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो: “आपसमा विभाजित भएको हरेक राज्य नष्‍ट भएर जान्छ। अनि आपसमा विभाजित भएको जुनसुकै घर पनि पतन भएर जान्छ। यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु। तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। तर यदि म परमेश्‍वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ।

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:14-20 पवित्र बाइबल (NERV)

कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे। तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।” अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए। तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशूले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफैं नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ। यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ। यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने, तिम्रो मानिसहरूले अरू भूतहरू धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन् तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक जना मानिसलाई भूतले लाटो बनाएको थियो। अनि येशूले उसभित्र भएको भूत निकालेपछि त्‍यो मानिस बोल्‍न थाल्‍यो। यो देखेर मानिसहरू छक्‍कै परे। तर तिनीहरूमध्‍ये कतिले भने, “यिनले त भूतको राजा बालजिबुलको शक्तिले भूत निकालेका हुन्।” कतिले चाहिँ उहाँको जाँच लिन खोज्‍दै भने, “यो काम परमेश्‍वरको शक्तिले गरेको हो भने हामीलाई स्‍वर्गबाट एउटा चिन्‍ह देखाउनुहोस्।” तिनीहरूको विचार बुझेर येशूले भन्‍नुभयो, “कुनै पनि देशमा फुट छ भने त्‍यो आफैं नाश हुन्‍छ। आफैंभित्र झगडा भएको घर पनि नाश हुन्‍छ। त्‍यसैगरी यदि शैतानले आफ्‍नो विरोध आफैं गर्छ भने त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ र? तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्‍छ भन्‍छौ। त्‍यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्‍छन् त? तिमीहरूका आफ्‍ना चेलाहरूले नै तिमीहरूले गरेको गलत कुरा देखाइदिन्‍छन्। मैले परमेश्‍वरको शक्तिले भूत निकाल्‍छु भने परमेश्‍वरको राज्‍य तिमीहरूको बीचमा आइसकेको छ।

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्