उहाँले एउटा भूत निकालिरहनुभएको थियो, जो गूँगो थियो। भूत निस्केपछि त्यो गूँगो मान्छे बोल्न थाल्यो, र मानिसहरू आश्चर्यचकित भए। तर तिनीहरूमध्ये कसै-कसैले भने, “भूतहरूको मालिक बालजिबुलद्वारा त्यसले भूतहरू निकाल्छ।” अरूहरूले चाहिँ उहाँको परीक्षा गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे। तर तिनीहरूका विचार थाहा पाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “जुन राज्यमा फूट हुन्छ, त्यो उजाड हुन्छ। जुन घरमा फूट हुन्छ, त्यो नष्ट हुन्छ। शैतानको पनि आफैसँग फाटो भयो भने, त्यसको राज्य कसरी टिक्ला? किनभने तिमीहरू भन्दछौ, कि म बालजिबुलद्वारा भूतहरू धपाउँछु। म बालजिबुलद्वारा भूतहरू निकाल्दछु भने, तिमीहरूका छोराहरूले कसद्वारा तिनीहरूलाई निकाल्छन्? तिनीहरूले नै तिमीहरूको न्याय गर्नेछन्। तर परमेश्वरको औँलाले म भूतहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।
लूका 11 पढ्नुहोस्
सुन्नुहोस् लूका 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 11:14-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू