यहूदा 1:3 - Compare All Versions

यहूदा 1:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्‍न म साह्रै उत्‍सुक भएको छु, त्‍यसैले सन्‍तहरूलाई सदाकालको निम्‍ति सुम्‍पिएको विश्‍वास रक्षा गर भन्‍ने निवेदन गर्न तिमीहरूलाई लेख्‍न मैले आवश्‍यक ठाने।

शेयर गर्नुहोस्
यहूदा 1 NNRV

यहूदा 1:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

प्रिय मित्रहरू हो, म तिमीहरूलाई हामी सहभागी भएको मुक्तिको विषयमा लेख्न अति इच्छुक भए तापनि परमेश्‍वरका सन्तहरूलाई सधैँको निम्ति सुम्पिएको विश्‍वासको रक्षा गर भनेर तिमीहरूलाई बिन्ती गर्दै लेख्न मलाई इच्छा लाग्यो।

शेयर गर्नुहोस्
यहूदा 1 NCV

यहूदा 1:3 NERV (पवित्र बाइबल)

प्रिय मित्रहरू, म तिमीहरूलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरूलाई परमेश्वरले उहाँको पवित्र मानिसहरूलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संङ्घर्ष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो।

शेयर गर्नुहोस्
यहूदा 1 NERV

यहूदा 1:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

प्रियहरू, तिमीहरूलाई हामी सबैले पाएको मुक्तिको बारेमा लेख्‍न मलाई ठूलो इच्‍छा भयो र साथै सधैँ पुग्‍ने गरी आफ्‍ना भक्तहरूलाई परमेश्‍वरले एकै चोटि दिनुभएको विश्‍वासको लागि लड्‍ने हौसला तिमीहरूलाई दिनैपर्छ जस्‍तो लाग्‍यो।

शेयर गर्नुहोस्
यहूदा 1 सरल नेपाली