यहोशू 9:24-27

यहोशू 9:24-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उनीहरूले यहोशूलाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले आफ्‍नो दास मोशालाई यो देश जम्‍मै तपाईंहरूलाई दिने र यस देशका सारा बासिन्‍दाहरूलाई नष्‍ट गर्ने आज्ञा दिनुभएको कुरा हामी तपाईंका दासहरूलाई प्रष्‍ट बताइएको थियो। यसकारण तपाईंसँग आफ्‍नो ज्‍यानको साह्रो डर लागेर हामीले यसो गरेका हौं। अब हेर्नुहोस्, हामी तपाईंको हातमा छौं। जसो उचित र भलो लाग्‍छ, हामीसित गर्नुहोस्‌।” यसरी यहोशूले इस्राएलीहरूबाट उनीहरूलाई बचाए र तिनीहरूले उनीहरूलाई मारेनन्‌। त्‍यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्‍ति र परमप्रभुले छान्‍नुभएको ठाउँमा उहाँका वेदीको निम्‍ति दाउरे र पनेरे तुल्‍याए। उनीहरू आजको दिनसम्‍म त्‍यस्‍तै छन्‌।

शेयर गर्नुहोस्
यहोशू 9 पढ्नुहोस्

यहोशू 9:24-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूले यहोशूलाई भने, “याहवेह तपाईंका परमेश्‍वरले आफ्नो सेवक मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिन र यस देशका सारा बासिन्दाहरूलाई नष्‍ट गर्न आज्ञा दिनुभएको थियो। त्यसैले हामी आफ्नो ज्यानको निम्ति डरायौँ। यसकारण हामीले यसो गरेका हौँ। अब हामी तपाईंहरूको हातमा छौँ। तपाईंहरूलाई जस्तो उचित र ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्।” यसकारण यहोशूले इस्राएलीहरूबाट तिनीहरूलाई जोगाए; र तिनीहरूलाई मारेनन्। त्यस दिन यहोशूले गिबोनीहरूलाई सम्पूर्ण समुदायका निम्ति र याहवेहले चुन्‍नुहुने उहाँको वेदीका निम्ति दाउरा काट्ने र पानी भर्नेहरू बनाए। अनि आजको दिनसम्म पनि तिनीहरूले त्यही काम गर्छन्।

शेयर गर्नुहोस्
यहोशू 9 पढ्नुहोस्

यहोशू 9:24-27 पवित्र बाइबल (NERV)

गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं। अब हामी तपाईंहरूका दासहरू हौं। तपाईं जे उचित ठान्नु हुन्छ तपाईंले गर्न सक्नु हुन्छ।” गिबोनका मानिसहरू यसरी दास भए। तर यहोशूले तिनीहरूलाई जीवित रहन दिए। यहोशूले इस्राएलका मानिसहरूलाई तिनीहरूलाई मार्न दिएनन्। यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।

शेयर गर्नुहोस्
यहोशू 9 पढ्नुहोस्

यहोशू 9:24-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूले जवाफ दिए, “हजुर, हामीले त्‍यसो गर्‍यौं किनभने हामीले थाहा पायौं कि तपाईंहरू अघि बढ्दैआउँदा यो सारा देश तपाईंहरूलाई यहाँ बास गर्ने मानिसहरूलाई नाश पार्न भनी तपाईंहरूका परमेश्‍वरले आफ्‍ना दास मोशालाई आज्ञा गर्नुभएको थियो। हामीलाई तपाईंहरूको डर भयो, आफ्‍ना प्राणको पनि डर भयो। यसकारण हामीले त्‍यसो गर्‍यौं। अब हामी तपाईंका हातमा छौं जे उचित ठान्‍नुहुन्‍छ, त्‍यही हामीसित गर्नुहोस्।” त्‍यसकारण यहोशूले यो काम गरे, उनले तिनीहरूका रक्षा गरे र इस्राएलका मानिसहरूबाट तिनीहरूलाई मर्न दिएनन्। तर त्‍योसँगै उनले तिनीहरूलाई कमारा-कमारी बनाए अनि परमप्रभुका वेदी र इस्राएलका मानिसहरूका निम्‍ति दाउरा काट्‍न र पानी बोक्‍न लाए। परमप्रभुले आफ्‍ना आराधना-स्‍थल भनी छान्‍नुभएको ठाउँमा आजसम्‍म तिनीहरूले ती काम गरिरहेका छन्।

शेयर गर्नुहोस्
यहोशू 9 पढ्नुहोस्