यहोशू 6:26-27
यहोशू 6:26-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर यसो भने, “जो यो यरीहो सहर बनाउन खड़ा हुन्छ त्यो परमप्रभुको अगि श्रापित होस्। “यसको जग बसाल्दा त्यसको जेठो छोरो मर्नेछ, आफ्नो कान्छो छोराको मूल्यमा यसको मूल ढोका बसालिनेछ।” यसरी परमप्रभु यहोशूको साथमा रहनुभयो, र तिनको कीर्ति त्यस देशभरि फैलियो।
यहोशू 6:26-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस बेला यहोशूले यो गम्भीर शपथ खाए: “जसले यो यरीहो सहरलाई पुनर्निर्माण गर्ने जिम्मा लिन्छ, त्यो मानिस याहवेहको सामु श्रापित होस्: “त्यसले यसको जग बसाल्दा, त्यसको जेठो छोरा मर्नेछ; यसका मूलढोकाहरू बनाउँदा, त्यसको कान्छा छोरा मर्नेछ।” यसरी यहोशूसँग याहवेह हुनुहुन्थ्यो, र तिनको कीर्ति देशभरि फैलियो।
यहोशू 6:26-27 पवित्र बाइबल (NERV)
त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भनेः “जो कोही मानिस जसले यरीहोको फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ। जो कसैले यो शहरमा जग बसाल्छ त्यसले आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ। जसले त्यस्ता मानिसद्वारा खडा गर्छ, त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।” यसरी परमप्रभु यहोशूका साथ हुनुहुन्थ्यो। र यहोशू सम्पूर्ण देशभरि प्रसिद्ध भए।
यहोशू 6:26-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यति बेला यहोशूले एउटा ठूलो चेतावनी दिए, “कसैले यरीहो सहरलाई फेरि बनाउने चेष्टा गर्यो भने त्यसमाथि परमप्रभुको सराप पर्नेछ। “जसले त्यसको जग बसाल्छ, त्यसको जेठो छोरो मर्नेछ, जसले त्यसको ढोका बनाउँछ, त्यसको कान्छो छोरो मर्नेछ।” यसरी परमप्रभु यहोशूसित रहनुभयो अनि उनको कीर्ति देशभरि फैलियो।