अय्यूब 42:10-12
अय्यूब 42:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अय्यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढ़ाइदिनुभयो। त्यसपछि अय्यूबका सबै दाजुभाइ, दिदी-बहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे, र परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै दुर्दशाहरूका निम्ति तिनीहरूले तिनलाई समवेदना र सान्त्वना प्रकट गरे। अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए। त्यसबाहेक परमप्रभुले अय्यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समयभन्दा बढ़ी आशिष् दिनुभयो। तिनका चौध हजार भेड़ा, छ हजार ऊँट, हजार हल गोरु र एक हजार गधा थिए।
अय्यूब 42:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इयोबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरिसकेपछि याहवेहले तिनको सुदिन फेरि फर्काइदिनुभयो, र तिनलाई तिनीसँग पहिला भएका धनसम्पत्तिभन्दा दोबर दिनुभयो। त्यसपछि इयोबका सबै दाजुभाइ तथा दिदीबहिनीहरू र तिनलाई पहिलेका चिनजानहरू तिनको घरमा तिनीसँग भेटघाट गर्न आए, र तिनीसँग तिनको घरमा भोज गरे। याहवेहले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिका निम्ति तिनीहरूले तिनीसँग विलाप गरे, र तिनलाई समवेदना र सान्त्वना दिए; अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए। याहवेहले इयोबको जीवनको पछिल्लो समयलाई पहिलेको भन्दा अझ बढी आशिष् दिनुभयो। तिनीसँग चौध हजार भेडाबाख्रा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाहरू थिए।
अय्यूब 42:10-12 पवित्र बाइबल (NERV)
अय्यूबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरे। अनि परमप्रभुले अय्यूबलाई फेरि सफल पार्नुभयो। परमेश्वरले उससँग भएको भन्दा दुइगुणा ज्यादा अय्यूबलाई दिनुभयो। तब अय्यूबका सारा दाज्यू-भाइ र दिदी-बहिनीहरू साथै अय्यूबलाई चिन्ने जान्ने सबै मानिसहरू उसको घरमा आए। तिनीहरूले अय्यूबसँग ठूलो भोज खाए तिनीहरूले अय्यूबलाई सान्त्वना दिए कारण परमप्रभुले अय्यूबलाई धेरै कष्ट दिनु भएको थियो। प्रत्येक मानिसले अय्यूबलाई चाँदीको टुक्रा र सुनका औंठी उपहार दिए। परमप्रभुले अय्यूबसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशीर्वाद दिनुभयो। अय्यूबले 14,000 भेंडा 6,000 ऊँटहरू, 2,000 गाईहरू अनि 1,000 पोथी गधाहरू पाए।
अय्यूब 42:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अय्यूबले आफ्ना तीन मित्रहरूका निम्ति बिन्ती गरिदिएपछि परमप्रभुले उसको सुदिन फर्काइदिनुभयो र त्यसका धन-सम्पत्ति अघिको भन्दा दुई गुणा बढाइदिनुभयो। अय्यूबका सबै दाजुभाइहरू, दिदी-बहिनीहरू र अघिका साथीहरू उनीकहाँ आए र उनको घरमा उनीसित भोज खाए। परमप्रभुले उनीमाथि ल्याउनुभएका सबै कष्टको निम्ति तिनीहरूले उनलाई समवेदना प्रकट गर्दै सान्त्वना दिए। तिनीहरू एकएक जनाले उनलाई केही चाँदीका टुक्रा र एक-एक वटा सुनका औँठी दिए। परमप्रभुले अय्यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समय भन्दा बढी आशिष् दिनुभयो। अय्यूबचाहिँ चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाका मालिक भए।