अय्यूब 42:10-12
अय्यूब 42:10-12 सरल नेपाली
अय्यूबले आफ्ना तीन मित्रहरूका निम्ति बिन्ती गरिदिएपछि परमप्रभुले उसको सुदिन फर्काइदिनुभयो र त्यसका धन-सम्पत्ति अघिको भन्दा दुई गुणा बढाइदिनुभयो। अय्यूबका सबै दाजुभाइहरू, दिदी-बहिनीहरू र अघिका साथीहरू उनीकहाँ आए र उनको घरमा उनीसित भोज खाए। परमप्रभुले उनीमाथि ल्याउनुभएका सबै कष्टको निम्ति तिनीहरूले उनलाई समवेदना प्रकट गर्दै सान्त्वना दिए। तिनीहरू एकएक जनाले उनलाई केही चाँदीका टुक्रा र एक-एक वटा सुनका औँठी दिए। परमप्रभुले अय्यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समय भन्दा बढी आशिष् दिनुभयो। अय्यूबचाहिँ चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाका मालिक भए।

