अय्‍यूब 14:1-17

अय्‍यूब 14:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“स्‍त्रीबाट जन्‍मेको मानिस अल्‍पआयुको र अशान्‍तिले भरिएको हुन्‍छ, त्‍यो फूलझैँ फक्रन्‍छ र ओइलाइहाल्‍छ। त्‍यो क्षणिक छायाजस्‍तै हराइहाल्‍छ, रहँदैन। के तपाईं यस्‍तो प्राणीमाथि दृष्‍टि राख्‍नुहुन्‍छ? के त्‍यसलाई तपाईं आफ्‍नो सामुन्‍ने न्‍यायको लागि ल्‍याउनुहुन्‍छ? अशुद्धबाट कसले शुद्ध निकाल्‍न सक्‍छ? कसैले सक्‍दैन! मानिसको जीवनका दिनहरू तोकिएका छन्, अनि त्‍यसका महिनाको संख्‍या तपाईंले निर्धारण गर्नुभएको छ। र तपाईंले त्‍यसको सीमा ठहराउनुभएको छ, त्‍यसले त्‍यो नाघ्न सक्‍दैन। यसकारण त्‍यसबाट तपाईं आफ्‍नो मुख फर्काउनुहोस्, र ज्‍यालादार मजदूरले जस्‍तै आफ्‍नो समय पूरा नगरेसम्‍म त्‍यसलाई एकलै छोड़िदिनुहोस्‌। रूखको लागि आशा हुन्‍छ: काटियो भने त्‍यो फेरि पलाउने हुन्‍छ, र त्‍यसमा नयाँ पालुवा आउन थामिँदैन। त्‍यसका जराहरू भूइँमा छिपिसके र त्‍यसको ठुटा जमिनभित्र मरे तापनि पानीको गन्‍ध पाएपछि, त्‍यो फेरि पलाउन थाल्‍छ, र कलिलो बोटझैँ त्‍यो पलाएर आउँछ। तर मान्‍छे त मरिहाल्‍छ, र लोप हुन्‍छ। मानिस आफ्‍नो आखिरी अवस्‍थामा आइपुग्‍छ, र त्‍यो रहँदैन। जसरी समुद्रको पानी बिस्‍तार-बिस्‍तार घट्‌दैजान्‍छ, अथवा जसरी नदी घटेर सुकिहाल्‍छ, त्‍यसरी नै मरणशील मानिस ढल्‍छ, र कहिल्‍यै उठ्‌दैन, जबसम्‍म आकाशहरू मेटिदैँनन्, मानिसहरू ब्‍यूँझनेछैनन्‌ अथवा आफ्‍ना निद्राबाट तिनीहरू फेरि कहिल्‍यै उठ्‌नेछैनन्‌। “तपाईंले मलाई चिहानमा लुकाउनुभए, अनि तपाईंको रीस नहटेसम्‍म मलाई गुप्‍तमा राख्‍नुभए त, तपाईंले मेरो समयको सीमा तोकिदिएर, मलाई सम्‍झनु भए त हुनेथियो! के मानिस मरेपछि ऊ फेरि जिउँछ? मेरो कठिन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्‍ति म प्रतीक्षा गर्नेछु। तपाईंले मलाई बोलाउनुहुनेछ। म तपाईंको जवाफ दिनेछु। आफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्‍छा गर्नुहुनेछ। निश्‍चय तपाईंले मेरा सबै चाल हेर्नुहुनेछ तर तपाईं मेरो पापको लेखा राख्‍नुहुन्‍न। मेरो हरेक कसूर तपाईंको थैलोमा सञ्‍चय गरिएको हुनेछ। तपाईंले मेरो अधर्म छोपेर राख्‍नुहुनेछ।

शेयर गर्नुहोस्
अय्‍यूब 14 पढ्नुहोस्

अय्‍यूब 14:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“स्त्रीको कोखबाट जन्मेका मरणशील मानिसको आयु छोटो र दुःख-पीडाले भरिएको हुन्छ। तिनीहरू फूलझैँ फक्रन्छन्, र ओइलाइहाल्छन्; हराइजाने छायाजस्तै तिनीहरू रहिरहँदैनन्। के तपाईंले त्यस्ता प्राणीहरूमा आफ्नो दृष्‍टि राख्नुहुन्छ? के तपाईंले मलाई न्यायको लागि आफ्नो सामु ल्याउनुहुन्छ? अशुद्ध वस्तुबाट कसले शुद्ध वस्तु बनाउन सक्छ र? कसैले पनि सक्दैन! हरेक व्यक्तिका दिनहरू निर्धारित छन्; तपाईंले त्यसका महिनाहरूको संख्या तोकिदिनुभएको छ र त्यसले पार गर्न नसक्ने सीमा राखिदिनुभएको छ। यसकारण ज्यालादार मजदुरले जस्तै आफ्नो समय पूरा नगरेसम्म, त्यसबाट आफ्नो दृष्‍टि टाढा राख्नुहोस् र त्यसलाई एकलै रहन दिनुहोस्। “किनकि रूखको समेत पनि आशा हुन्छ: त्यो काटेर ढालिए तापनि त्यो फेरि पलाउनेछ, र त्यसका नयाँ टुसाहरू निक्लन छोड्नेछैन। त्यसका जराहरू जमिनमै छिप्पिए पनि र त्यसको ठुटो माटोमा सुके तापनि पानीको गन्ध पायो भने त्यसमा फेरि पालुवा लाग्न थाल्छ, र नयाँ बोटबिरुवामा जस्तै त्यसमा टुसा उम्रन्छ। तर मानिस मरेपछि मेटिएर जान्छ; जब उसले अन्तिम सास फेर्छ, र त्यसपछि त्यो कहाँ रहन्छ? तालको पानी सुकेजस्तै, अथवा खोलानदी सुकेर सुक्खा भएजस्तै हुन्छ, त्यसरी नै मानिस मर्छ, र फेरि उठ्दैन; जबसम्म आकाशहरू टलेर जाँदैनन्, मानिसहरू बिउँझनेछैनन्, अथवा तिनीहरू निद्राबाट फेरि उठ्नेछैनन्। “यदि तपाईंले मलाई चिहानमा लुकाइदिनुभएको भए त, अनि तपाईंको रिस नमरेसम्म मलाई लुकाउनुभएको भए त हुनेथियो! यदि तपाईंले, मेरो समयको सीमा तोकिदिनुभएको भए त, अनि मलाई फेरि सम्झनुभएको भए हुनेथियो! कोही मरेपछि फेरि जीवित हुन्छ र? मेरो कठिन परिश्रम जतिसुकै लामो भए तापनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु। तपाईंले बोलाउनुहुनेछ, र म तपाईंलाई जवाफ दिनेछु; तपाईं आफ्नो हातले बनाउनुभएको प्राणीलाई हेर्न उत्सुक हुनुहुनेछ। तब निश्‍चय नै तपाईंले मेरा पाइलाहरू गन्‍नु हुनेछ, तर मेरो पापको हिसाबचाहिँ राख्नुहुनेछैन। मेरा अपराधहरूलाई एउटा थैलीमा लाहाछाप लगाएर राख्नुहुनेछ; तपाईंले मेरो पाप ढाकिदिनुहुनेछ।

शेयर गर्नुहोस्
अय्‍यूब 14 पढ्नुहोस्

अय्‍यूब 14:1-17 पवित्र बाइबल (NERV)

अय्यूबले भने, “हामी सबै मानिसहरू हौं। हाम्रो आयु छोटो अनि सङ्कटहरूले भरिएको छ। मानिसको जीवन एउटा फूल जस्तो छ। चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ। यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो छोटो समयको लागि छ। अनि त्यसपछि यो बिलाएर जान्छ। त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ, अनि न्यायलयमा मसँग आउनु हुनेछ अनि हामी दुवैले आफ्ना तर्कहरू प्रस्तुत गर्छौ? “म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस। तर कसैले पनि त्यसो गर्न सक्तैन। मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ? तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो, अनि कसैले पनि परिवर्तन गर्न सक्दैन। यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु होस्। हामीलाई एक्लो छोडि दिनुहोस्, ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं। “त्यहाँ एउटा रूखको आशा छ। यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ। त्यसमा नयाँ हाँगाहरू पलाउनेछ। यसको जराहरू भूईंमा बुढो भएर उम्रेला अनि यसको ठुटो मैलोमा सड्नेछ। तर पानीमा यो फेरि उम्रनेछ। यसले नयाँ उद्भिद् जस्ता हाँगाहरू उमार्नेछ। तर जब मानिस मर्छ, ऊ लोप हुन्छ। जव मानिस मर्छ, उसको अन्त हुन्छ। नदीहरू सूख्खा नभइन्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला, अनि मानिस अझ मृत नै हुनेछ। जब कुनै मानिस मर्छ, ऊ तल ढल्छ, अनि ऊ उठ्दैन। मृत मानिस उठ्न अघाडी आकाश विलिन हुनेछ। तर मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन। “म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ। मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु। जबसम्म तिमीहरूका रीस मर्दैन्। तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ। यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ? तब सम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला? परमेश्वर, तपाईंले मलाई बोलाउनु हुनेछ अनि म तपाईंलाई जवाफ दिनेछु। तब तपाईंले सिर्जना गर्नु भएको मानिसहरूसित बस्न तपाईंले इच्छा गर्नुहुनेछ। तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ, तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न। तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ। मेरा अपराधहरू ढाक्नु हुनेछ।

शेयर गर्नुहोस्
अय्‍यूब 14 पढ्नुहोस्

अय्‍यूब 14:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

स्‍त्रीबाट जन्‍मेको मानिसले छोटो जीवन बिताउँछ र अशान्‍तिले भरिएको हुन्‍छ। ऊ फूलजस्‍तै फुल्‍दछ र ओइलिजान्‍छ, ऊ छायाँजस्‍तै हराइहाल्‍छ। हे परमेश्‍वर, के तपाईंले ऊमाथि आफ्‍ना नजर राख्‍नुहुन्‍छ? अनि मुद्दा चलाएर उसको न्‍याय गर्नुहुन्‍छ? मानिसजस्‍तो अशुद्ध प्राणीबाट कहिल्‍यै केही शुद्ध कुरो निस्‍कन सक्‍दैन। उसको आयु कति लामो छ, ऊ कति वर्ष र महिना जिउँछ; ती अघिबाटै तोकिएका छन्– ती तपाईंले तोक्‍नुभएको हो, ती कसैले तोड्‌न सक्‍दैन। उसबाट आफ्‍नो मुख फर्काउनुहोस् र उसलाई छोडिदिनुहोस्। अनि कुनै ज्‍यामीहरूले झैँ उसले आफ्‍नो समय बिताउन सकोस्। काटेर ढालिएको रूख फेरि पलाउने आशा हुन्‍छ, त्‍यसमा नयाँ पालुवा उम्रन्‍छ। त्‍यसका जराहरू छिप्‍पिएर बुढो भए पनि र त्‍यसको ठुटो जमिनमा मरिसकेको भए पनि अलिकता पानी पाएपछि त्‍यसमा नयाँ पालुवा पलाउनेछ। तर मानिस मर्छ, त्‍यहीँ उसको अन्‍त हुन्‍छ, अन्‍त भएपछि अरू केको आशा हुन्‍छ र? जसरी खहरे खोला र तालको पानी सुकिजान्‍छ, त्‍यसरी नै मानिस मर्छ र फेरि उठ्दैन। जबसम्‍म आकाश रहन्‍छ, तबसम्‍म त्‍यो आफ्‍नो निद्राबाट जाग्‍दैन। मृत-लोकमा मलाई लुकाउनुहोस्। तपाईंको क्रोध नमरुञ्‍जेल मलाई लुक्‍न दिनुहोस्। त्‍यसपछि मलाई सम्‍झना गर्ने तपाईंको समय तोक्‍नुहोस्। मानिस मरेपछि फेरि उसले जीवन पाउन सक्‍छ? तर म तेरा सुखका समयहरूको आशा राख्‍छु। यी सङ्कष्‍टका दिनहरू नसकेसम्‍म म त आशामा नै रहिरहन्‍छु। तब तपाईंले बोलाउनुहुनेछ र म जवाफ दिनेछु। तपाईंको आफ्‍नै हातले रचेका प्राणीलाई तपाईंले हेर्ने मन गर्नुहुनेछ। तब तपाईंले मेरो पाइला-पाइला पनि याद गर्नुहुनेछ। तर मेरा पापका हिसाबचाहिँ राख्‍नुहुनेछैन। मेरा पाप थैलामा हाली मोहोरछाप लगाई बन्‍द गरिदिनुहुनेछ र मेरा अधर्म ढाकिदिनुहुनेछ।

शेयर गर्नुहोस्
अय्‍यूब 14 पढ्नुहोस्