अय्यूबको पुस्तक 14
14
1अय्यूबले भने,
“हामी सबै मानिसहरू हौं।
हाम्रो आयु छोटो अनि सङ्कटहरूले भरिएको छ।
2मानिसको जीवन एउटा फूल जस्तो छ।
चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ।
यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो छोटो समयको लागि छ।
अनि त्यसपछि यो बिलाएर जान्छ।
3त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ,
अनि न्यायलयमा मसँग आउनु हुनेछ अनि हामी दुवैले आफ्ना तर्कहरू प्रस्तुत गर्छौ?
4“म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस।
तर कसैले पनि त्यसो गर्न सक्तैन।
5मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ?
तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो,
अनि कसैले पनि परिवर्तन गर्न सक्दैन।
6यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु होस्।
हामीलाई एक्लो छोडि दिनुहोस्,
ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं।
7“त्यहाँ एउटा रूखको आशा छ।
यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ।
त्यसमा नयाँ हाँगाहरू पलाउनेछ।
8यसको जराहरू भूईंमा बुढो भएर उम्रेला
अनि यसको ठुटो मैलोमा सड्नेछ।
9तर पानीमा यो फेरि उम्रनेछ।
यसले नयाँ उद्भिद् जस्ता हाँगाहरू उमार्नेछ।
10तर जब मानिस मर्छ, ऊ लोप हुन्छ।
जव मानिस मर्छ, उसको अन्त हुन्छ।
11नदीहरू सूख्खा नभइन्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला,
अनि मानिस अझ मृत नै हुनेछ।
12जब कुनै मानिस मर्छ,
ऊ तल ढल्छ,
अनि ऊ उठ्दैन।
मृत मानिस उठ्न अघाडी
आकाश विलिन हुनेछ।
तर मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन।
13“म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ।
मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु।
जबसम्म तिमीहरूका रीस मर्दैन्।
तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ।
14यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ?
तब सम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला?
15परमेश्वर, तपाईंले मलाई बोलाउनु हुनेछ
अनि म तपाईंलाई जवाफ दिनेछु।
तब तपाईंले सिर्जना गर्नु भएको मानिसहरूसित बस्न
तपाईंले इच्छा गर्नुहुनेछ।
16तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ,
तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न।
17तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ।
मेरा अपराधहरू ढाक्नु हुनेछ।
18“पर्वतहरू ढल्छ अनि टुक्रा-टुक्रा भएर जान्छ।
विशाल चट्टानहरू फुस्केर टुक्रिए र झर्छन्।
19पानी ढुङ्गहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ
बाढीहरूले मैदानको माटो काटिदिन्छ।
त्यस्तै प्रकारले, परमेश्वर, तपाईंले मानिसहरूका आशाहरू नष्ट पारिदिनुहुन्छ।
20तपाईंले तिनीहरूलाई,
पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ।
तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ।
अनि सदाको लागि टाढा मृतलोकमा पठाइदिनु हुन्छ।
21यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन।
यदि उहाँका छोराहरूले गल्ती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न।
22त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ,
अनि उ आफ्नै लागि चिच्याएर रून्छ।”
अहिले सेलेक्ट गरिएको:
अय्यूबको पुस्तक 14: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International