याकूब 4:6-7
याकूब 4:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ।
याकूब 4:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।” यसकारण आफूलाई परमेश्वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ।
याकूब 4:6-7 पवित्र बाइबल (NERV)
तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।” यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ।
याकूब 4:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर उहाँले गर्नुभएको अनुग्रह अझ बलियो छ। धर्मशास्त्रमा लेखिएको छ, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूमाथि अनुग्रह खन्याउनुहुन्छ।” यसैकारण परमेश्वरको अधीनमा बस। शैतानको विरोध गर र त्यो तिमीहरूदेखि भाग्नेछ।