यशैया 9:5-6
यशैया 9:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
लड़ाइँमा प्रयोग गरेको हरेक सिपाहीका जुत्ता र रगतमा मुछिएको हरेक पोशाक जलाउनलाई छुट्याइएको हुनेछ र आगोको निम्ति इन्धन हुनेछ। किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ।
यशैया 9:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता, र रगतमा लतपतिएको हरेक वस्त्र आगोमा भस्म हुनेछ। त्यो आगोको निम्ति इन्धन हुनेछ। किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ; हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँलाई उदेकको सल्लाहकार, शक्तिशाली परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ।
यशैया 9:5-6 पवित्र बाइबल (NERV)
युद्धमा चल्ने प्रत्येक सैनिकले लगाएको जुत्ता नष्ट गराइनेछ। पोशाकमा लागेका रगतको प्रत्येक दाग मेटाइनेछ। ती सबै चीजहरू आगोमा भस्म हुनेछन्। कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”
यशैया 9:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आक्रमण गर्ने सेनाले लाएका जुत्ता र रगत लागेका वस्त्र आगोमा भस्म हुनेछन्। हाम्रा निम्ति एउटा बालक जन्मेका छन्! हामीलाई एउटा पुत्र दिइएको छ! उनले हामीमाथि राज्य गर्नेछन्। उनको नाम “उदेकका सल्लाहकार,” “पराक्रमी परमेश्वर,” “सनातनका पिता,” “शान्तिका राजकुमार” हुनेछ।