यशैया 26:11-12
यशैया 26:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंले आफ्नो हात माथि उठाउनुभएको छ, तर तिनीहरूले त्यो देख्दैनन्। आफ्नो प्रजाको निम्ति तपाईंको जोश तिनीहरूले देखून् र लज्जित होऊन्। तपाईंका विरोधीहरूका लागि अलग्गै राखेको आगोले तिनीहरूलाई भस्म पारोस्। हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ। जो हामीले सफलतापूर्वक प्राप्त गर्यौं, ती सबै तपाईंले नै हाम्रा निम्ति गर्नुभएको हो।
यशैया 26:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईंको हात माथि उचालिएको छ, तर तिनीहरूले त्यो देख्दैनन्। तिनीहरूले तपाईंका मानिसहरूप्रति तपाईंको जोश देखून्, र शर्ममा परून्; तपाईंका शत्रुहरूका निम्ति साँचिएको आगोले तिनीहरूलाई भस्म पारोस्। याहवेह, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ; हामीले पाएका सबै उपलब्धीहरू, ती सबै तपाईंले हाम्रै निम्ति गर्नुभएको हो।
यशैया 26:11-12 पवित्र बाइबल (NERV)
तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ, तर तिनीहरू यसलाई देख्दैनन्। तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्। निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्। निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्। परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ, किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।
यशैया 26:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंले तिनीहरूलाई दण्ड दिनुहुनेछ भनी तिनीहरूले जान्दैनन्। हे परमप्रभु! तिनीहरूलाई लाजमा पार्नुहोस्। तिनीहरूले दु:ख पाउँछन्। तपाईंले तयार पार्नुभएको दण्ड तिनीहरूमाथि खनियोस्। तपाईं आफ्नो प्रजालाई कति माया गर्नुहुन्छ। त्यो तपाईंका शत्रुहरूलाई देखाइदिनुहोस्। परमप्रभु, तपाईंले हामीलाई सुखशान्ति दिनुहुन्छ, हामीले जे कुरा हासिल गरेका छौं, ती सबै तपाईंकै कामका फल हुन्।