हिब्रू 8:12-13 - Compare All Versions
हिब्रू 8:12-13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।” यस करारलाई “नयाँ” भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्छ, त्यो लोप भएर जानेछ।
हिब्रू 8:12-13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पाप म क्षमा गरिदिनेछु र तिनीहरूका अपराधहरूको सम्झना म राख्नेछैनँ। नयाँ करार भन्नेबित्तिकै परमेश्वरले पहिले बाँध्नुभएको करारलाई पुरानो ठहर्याउनुभयो। पुरानो भएर खिइँदैगएको कुरा चाँडै नाश पनि भएर जानेछ।
हिब्रू 8:12-13 NERV (पवित्र बाइबल)
मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु, अनि अब उप्रान्त म तिनका पापहरूको याद राख्ने छैन।” यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहर्याउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ।
हिब्रू 8:12-13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।” यस करारलाई “नयाँ” भनेर उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो; अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।