हिब्रूहरू 8
8
नयाँ करारका प्रधान पुजारी
1हामीले भन्न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ 2ती प्रधान पुजारीले साँचो पवित्र वासस्थानमा सेवा गर्नुहुन्छ, जुन वासस्थान मानिसले होइन, तर प्रभुले नै निर्माण गर्नुभएको हो।
3हरेक प्रधान पुजारी भेटी र बलिदानहरू चढाउनको लागि नियुक्त गरिएको हुन्छ; अनि यी प्रधान पुजारीसँग पनि चढाउनको लागि केही हुनुपर्थ्यो। 4यदि उहाँ संसारमा हुनुभएको भए उहाँ पुजारी हुनुहुनेथिएन; किनकि व्यवस्थाले तोकिदिएअनुसार भेटी चढाउनलाई त पुजारीहरू छँदैछन्। 5तिनीहरूले एउटा पवित्रस्थानमा सेवा गर्दछन्, जुनचाहिँ स्वर्गमा भएका कुराको नक्कल र छाया मात्र हुन्। यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा तिनलाई यसरी चेतावनी दिइएको थियो: “हेर, तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार नै हरेक कुरा बनाउनू।”#8:5 प्रस 25:40 6वास्तवमा येशूले पाउनुभएको सेवा पुरानोभन्दा उच्च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्च दर्जाको छ।
7किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन। 8तर परमेश्वरले मानिसहरूमा दोष भेटेर भन्नुभयो:
“यस्ता दिनहरू आउनेछन्, प्रभु घोषणा गर्नुहुन्छ,
जब म इस्राएलका मानिसहरू
र यहूदाका मानिसहरूसँग
नयाँ करार स्थापित गर्नेछु।
9यो त्यस करारजस्तै हुनेछैन,
जुन करार मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ;
जब मैले तिनीहरूलाई हात समातेर
इजिप्टबाट डोर्याएर ल्याएको थिएँ;
किनकि तिनीहरू मेरा करारप्रति विश्वासयोग्य भएनन्,
अनि म तिनीहरूदेखि विमुख भएँ,
प्रभु घोषणा गर्नुहुन्छ।
10त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,
प्रभु घोषणा गर्नुहुन्छ।
म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु
र ती तिनीहरूका हृदयमा लेखिदिनेछु।
म तिनीहरूका परमेश्वर हुनेछु,
र तिनीहरू मेरा मानिसहरू हुनेछन्।
11अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई
अथवा एक-अर्कालाई,
‘प्रभुलाई चिन’ भनी सिकाउनेछैन;
किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्।
12किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु,
र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”#8:12 यर्मिया 31:31‑34
13यस करारलाई “नयाँ” भनेर उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो; अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।
अहिले सेलेक्ट गरिएको:
हिब्रूहरू 8: NCV
हाइलाइट
कपी गर्नुहोस्
तुलना
शेयर गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.