हिब्रू 8:1-2
हिब्रू 8:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब हामीले भन्न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। मानिसले होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्रस्थान, साँचो पवित्र वासस्थानमा उहाँ सेवक हुनुहुन्छ।
हिब्रू 8:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीले भन्न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ ती प्रधान पुजारीले साँचो पवित्र वासस्थानमा सेवा गर्नुहुन्छ, जुन वासस्थान मानिसले होइन, तर प्रभुले नै निर्माण गर्नुभएको हो।
हिब्रू 8:1-2 पवित्र बाइबल (NERV)
हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ। उहाँ परमपवित्र स्थानमा सेवा गर्नुहुन्छ। मानिसले होइन, परमेश्वरले बनाउनुभएको सत्य मन्दिरमा सेवा गर्नुहुन्छ।
हिब्रू 8:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले भनेका मुख्य कुरा पनि यिनै हुन्, हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ। उहाँले महापवित्र स्थानमा प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्छ। यो महापवित्र स्थानचाहिँ मानिसले होइन तर परमेश्वरले टाँग्नुभएको साँचो पाल हो।