उत्पत्ति 49:23-24
उत्पत्ति 49:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धनुर्धारीहरूले त्यसलाई ज्यादै दु:ख दिए, त्यसमाथि काँड़ चलाए, र त्यसको खेदो गरे। तैपनि त्यसको धनु दह्रो नै रह्यो, र त्यसका पाखुराहरू फूर्तिलै रहे, याकूबका परमशक्तिशालीको हातद्वारा, ती गोठाला, इस्राएलको चट्टानद्वारा
उत्पत्ति 49:23-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धनुर्धारीहरूले निर्दयतासाथ त्यसलाई आक्रमण गरे; तिनीहरूले दुश्मनी राखेर त्यसलाई काँडले हाने। तर त्यसको धनु स्थिर रह्यो; त्यसका बलिया पाखुराहरू फूर्तिला रहे; त्यो याकोबका सर्वशक्तिमान्को हातले गर्दा त्यो गोठाला, इस्राएलका चट्टानले गर्दा भएको थियो
उत्पत्ति 49:23-24 पवित्र बाइबल (NERV)
धेरै मानिसहरू तिनको विरोधी भए अनि तिनीसित युद्ध गरे। काँडहरू लिएका मानिसहरू तिनका शत्रु भए, तर दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा उसले लडाँई जित्यो। याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन्।
उत्पत्ति 49:23-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसका बैरीहरूले त्यसलाई भयानक प्रकारले आक्रमण गर्नेछन् र धनु-काँड लिएर त्यसलाई खेद्नेछन्, तर इस्राएलको रक्षक र गोठाला, याकूबको सामर्थी परमेश्वरको शक्तिले त्यसको धनु दरिलो रहनेछ र त्यसका पाखुरा बलिया बनाइनेछन्।