गलाती 3:22-23
गलाती 3:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर धर्मशास्त्रले बताउँछ, कि सबै कुरा पापको कैदमा छ, ताकि जुन प्रतिज्ञा येशू ख्रीष्टमाथि विश्वासद्वारा दिइएको थियो, त्यो विश्वास गर्नेहरूलाई दिइओस्। तर विश्वास आउन अघि हामी व्यवस्थाको वशमा थियौं, र विश्वास प्रकट नभएसम्म हामी थुनिएका थियौं।
गलाती 3:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्टमा विश्वासद्वारा पाइन्छ; अनि जस-जसले विश्वास गर्दछन्, उनीहरूलाई दिइनेछ। तर विश्वास आउनुभन्दा अगि हामी व्यवस्थाको अधीनमा कैदी भएका थियौँ; अनि विश्वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौँ।
गलाती 3:22-23 पवित्र बाइबल (NERV)
तर यो साँच्चो होइन, किनकि धर्मशास्त्रले घोषणा गर्छ कि सबै मानिसहरू पापका कैदी हुन्। यसको अर्थ हुन्छ कि मानिसहरूलाई दिइएको प्रतिज्ञा विश्वासद्वारा दिइन्छ। यो येशू ख्रीष्टमा विश्वास राख्ने मानिसहरूलाई दिइएको थियो। जब सम्म यो विश्वास आएको थिएन हामीहरू व्यवस्थाको कैदी थियौं। जब सम्म परमेश्वरमा गर्नु पर्ने विश्वास गर्दैनौ, हामी स्वतन्त्र हुँदैनौं।
गलाती 3:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई प्रतिज्ञा गरेको आशिष् विश्वास गर्नेहरूले नै पाऊन् भनेर सारा संसार पापको कैदमा छ भनी धर्मशास्त्रले बताउँछ। ख्रीष्टभन्दा अघि विश्वास प्रकट नहुञ्जेलसम्म व्यवस्थाले नै हामी सबैलाई हेरविचार गरेर राखेको थियो।