प्रस्थान 2:13-14
प्रस्थान 2:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भोलिपल्ट त्यहाँ जाँदा दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्याय गर्नेचाहिँलाई भने, “तिमी आफ्नै हिब्रू मान्छेलाई किन हिर्काउँछौ?” त्यसले भन्यो, “कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता तुल्यायो? त्यस मिश्रीलाई मारेजस्तो मलाई पनि मार्न चाहन्छौ?” तब मोशाले डराएर मनमनै भने, “अवश्य यो कुरो फिँजिन लागेछ।”
प्रस्थान 2:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अर्को दिन तिनी बाहिर निस्के; तब दुई जना हिब्रूहरूलाई झगडा गरिरहेका देखे। तिनले गल्ती गर्नेलाई सोधे, “तिमी किन आफ्नै मान्छेलाई हिर्काउँछौ?” तब त्यस मानिसले भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्यो? के तिमीले त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?” तब मोशा डराए, र सोचे, “मैले जे गरेँ, त्यो सबैलाई थाहा भइसक्यो होला!”
प्रस्थान 2:13-14 पवित्र बाइबल (NERV)
अर्को दिन दुइ जना हिब्रू मानिसहरूलाई आफ्स्तमा लडाइँ गर्दै गरेको भेटे। तिनीहरू मध्ये एकजनाको कसुर भएको उनले पाए अनि तिनलाई भने, “तिमीले किन आफ्नो छिमेकीलाई नोक्सान पुर्याइरहेकाछौं?” त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?” तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह भएछ।”
प्रस्थान 2:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भोलिपल्ट जाँदा उनले दुई हिब्रूहरूलाई आपसमा झगडा गरिरहेको देखे। अन्याय गर्नेचाहिँलाई उनले भने, “तिमीले किन आफ्नै भाइलाई हिर्काउँदै छौ?” त्यस मानिसले जवाफ दियो, “कसले तिमीलाई हाम्रा हाकिम र न्यायाधीश खटायो? त्यो मिश्रीलाई जस्तै मलाई पनि मार्ने?” मोशा डराए र सोचे, “मेरो कुरा मानिसहरूलाई थाहा भएछ।”