एफिसी 6:11-18

एफिसी 6:11-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर। किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो। यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ। यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ, र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ। साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ। मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो। सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।

शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्

एफिसी 6:11-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक। किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्‍टताको आत्मिकी सेनाहरूका विरुद्ध हो। यसकारण परमेश्‍वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ। यसकारण कम्मर सत्यताको पेटीले बाँध, र धार्मिकताको छाती-पाता लगाएर खडा होओ; अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ। यी सबै कुराबाहेक विश्‍वासको ढाल हातमा उठाओ, जसबाट तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ। शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो। अनि सबै अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्बिन्तीसहित आत्मामा प्रार्थना गरिबस। यी कुरालाई मनमा राखी सचेत भएर सबै प्रभुका सन्तहरूका निम्ति सधैँ प्रार्थना गर।

शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्

एफिसी 6:11-18 पवित्र बाइबल (NERV)

परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ। हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ। त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्छौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्छौ। यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ। अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ। परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो। सधैँ पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफूलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछोड। सधैँ परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।

शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्

एफिसी 6:11-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

शैतानका सबै युक्तिको सामना गर्न परमेश्‍वरले दिनुभएको उहाँका सबै हातहतियार भिर। हाम्रो लडाइँ मानिससँग होइन तर आकाशका शक्तिहरू, अन्‍धकार युगका शासकहरू, अधिकारीहरू र आकाशका दुष्‍ट आत्‍माका विरोधमा हो। यसैकारण परमेश्‍वरका सबै हातहतियारहरू भिर। त्‍यसो हुँदा नराम्रो दिनमा दुष्‍ट आइलाग्‍दा त्‍यसलाई रोक्‍न सक्‍नेछौ र अन्‍तसम्‍म लडेर पनि तिमी खडा नै रहनेछौ। यसकारण तयार भएर खडा रहो। सत्‍यलाई पेटीझैँ कम्‍मरमा कसिराख, छाती जोगाउने धार्मिकताको कवच लगाओ। शान्‍ति दिने सुसमाचार सुनाउन जाने जुत्ता लगाएर तयार होओ। विश्‍वासचाहिँ आफ्‍नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्‍यसपछि दुष्‍टका अग्‍निवाणहरू निभाउन सक्‍नेछौ। शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्‍माले दिनुभएको परमेश्‍वरको शिक्षारूपी तरवार भिरिराख। सधैँ प्रार्थना गर, परमेश्‍वरको सहायता मागिबस। सबै समय पवित्र आत्‍माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्‍टका पवित्र जनहरूका लागि प्रार्थना गर।

शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्

एफिसी 6:11-18

एफिसी 6:11-18 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्