एफिसी 1:2-3 - Compare All Versions

एफिसी 1:2-3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हाम्रा परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति। हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ।

शेयर गर्नुहोस्
एफिसी 1 NNRV

एफिसी 1:2-3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति! हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्‍टमा हरेक आत्मिक आशिष्‌ले स्वर्गीय स्थानहरूमा आशिष् दिनुभएको छ।

शेयर गर्नुहोस्
एफिसी 1 NCV

एफिसी 1:2-3 NERV (पवित्र बाइबल)

हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट सबैलाई अनुग्रह र शान्ति होस्। उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा।

शेयर गर्नुहोस्
एफिसी 1 NERV

एफिसी 1:2-3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्। हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई धन्‍यवाद होस्। उहाँले येशू ख्रीष्‍टमा हामीहरूलाई स्‍वर्गीय स्‍थानहरूमा प्रत्‍येक आत्‍मिक आशिष् दिनुभएको छ।

शेयर गर्नुहोस्
एफिसी 1 सरल नेपाली