व्यवस्था 4:7-8
व्यवस्था 4:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्वर हाम्रो जति नजिक हुनुभएझैँ ईश्वर यति नजिक भएको अरू कुनचाहिँ यति महान् जाति छ? मैले तिमीहरूलाई आज दिने यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको अरू कुनचाहिँ यति महान् जाति छ?
व्यवस्था 4:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीले प्रार्थना गर्दा याहवेह हाम्रा परमेश्वर नजिक हुनुभएजस्तै, अरू कुनचाहिँ जाति यति महान् होला, जसको ईश्वर तिनीहरूका नजिक रहन्छ? अनि मैले आज तिमीहरूलाई दिएका व्यवस्थाहरूजस्तै धार्मिक उर्दीहरू र व्यवस्थाहरू भएका अर्को कुनचाहिँ महान् जाति छ र?
व्यवस्था 4:7-8 पवित्र बाइबल (NERV)
“जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्। आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन।
व्यवस्था 4:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“खाँचो परेका बेलामा जसरी परमप्रभु हाम्रा परमेश्वर हाम्रा नजिक आउनुहुन्छ, त्यसरी नजिक आउने ईश्वर अरू जस्तै ठूलो जातिसँग पनि छैन। जहिले हामी उहाँलाई सहायताको लागि पुकार्छौं, उहाँले हामीलाई उत्तर दिनुहुन्छ। अरू जत्तिकै ठूला जाति भए तापनि तिनीहरूसित आज मैले तिमीहरूलाई सिकाएजस्ता न्यायपूर्ण नियमहरू छैनन्।