दानिएल 11:36 - Compare All Versions

दानिएल 11:36 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“त्‍यस राजाले जे मन लाग्‍यो त्‍यही गर्नेछ। उसले आफैलाई हरेक देवभन्‍दा माथि उचाल्‍नेछ र देवहरूका पनि परमेश्‍वरको विरुद्धमा कहिल्‍यै नसुनिएका कुरा गर्नेछ। क्रोधको समय समाप्‍त नहोउञ्‍जेल त्‍यो सफल हुनेछ, किनभने जे निश्‍चय गरिएको छ, त्‍यो पूरा हुनैपर्छ।

शेयर गर्नुहोस्
दानिएल 11 NNRV

दानिएल 11:36 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“राजाले आफूलाई इच्छा लागेअनुसार गर्नेछन्। तिनले आफूलाई सबै देवताभन्दा उच्‍च पारेर आफूलाई महान् बनाउनेछन्; अनि देवताहरूका परमेश्‍वरको विरुद्धमा कहिल्यै नसुनिएका कुराहरू भन्‍नेछन्। क्रोधको समय पूर्ण रूपले पूरा नभएसम्म तिनी सफल हुनेछन्; किनकि जुन कुरा निर्धारण गरिएको छ, त्यो हुनैपर्छ।

शेयर गर्नुहोस्
दानिएल 11 NCV

दानिएल 11:36 NERV (पवित्र बाइबल)

“फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।

शेयर गर्नुहोस्
दानिएल 11 NERV

दानिएल 11:36 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“अरामका राजाले जे मन पर्छ त्‍यही गर्नेछन्। म सबै देवताभन्दा महान् छु, सर्वोच्‍च परमेश्‍वर भन्दा पनि महान् छु भनी तिनले घमण्‍ड गर्नेछन्। परमेश्‍वरले दण्‍ड दिने समय नआएसम्‍म तिनले त्‍यसो गर्न सक्‍नेछन्। परमेश्‍वरले जे निर्णय गर्नुभएको छ, त्‍यही पूरा गर्नु नै हुनेछ।

शेयर गर्नुहोस्
दानिएल 11 सरल नेपाली