प्रेरित 9:1-9 - Compare All Versions

प्रेरित 9:1-9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्‍की र हत्‍याको धुनमा प्रधान पूजाहारीकहाँ गए, र तिनले त्‍यस मार्गका पुरुष होस्‌ वा स्‍त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्‍याउन पाऊँ भनी दमस्‍कसका सभाघरहरूको नाउँमा पुर्जी मागे। जब शाऊल यात्रा गर्दै दमस्‍कसको नजिक पुगे, अचानक स्‍वर्गबाट एउटा ज्‍योति तिनको वरिपरि चम्‍क्‍यो। तिनी भूइँमा लोटे, र तिनले यसो भन्‍ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?” तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्‍छ?” अनि उहाँले भन्‍नुभयो, “म येशू हुँ, जसलाई तिमी सताउँदैछौ। तर उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।” तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्‍दा अवाक भई उभिरहे। तब शाऊल भूइँबाट उठे र आँखा खोल्‍दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्‍याएर तिनलाई दमस्‍कसमा ल्‍याए। अनि तीन दिनसम्‍म तिनी नदेख्‍ने भए, र न त खाना खाए न पानी पिए।

शेयर गर्नुहोस्
प्रेरित 9 NNRV

प्रेरित 9:1-9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए, र दमस्कसमा भएका विश्‍वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे। आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, तब अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो। उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?” शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ। अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।” शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्‍न न बक्‍क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए। तीन दिनसम्म तिनी दृष्‍टिविहीन भए, र केही खानपिन गरेनन्।

शेयर गर्नुहोस्
प्रेरित 9 NCV

प्रेरित 9:1-9 NERV (पवित्र बाइबल)

त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए। शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ। तब शावल दमीशक गए। जब ऊ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो। शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसँग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?” शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?” त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेका छौ। उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।” शावलसँग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्। शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे। तीन दिन सम्म शावलले न देख्न सक्यो, न खायो न पियो।

शेयर गर्नुहोस्
प्रेरित 9 NERV

प्रेरित 9:1-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यति बेलासम्‍म पनि शाऊल प्रभु येशूका चेलाहरूलाई मार्ने धम्‍की दिँदै हिँडिरहेका थिए। तिनले प्रधान पूजाहारीकहाँ गएर “दमस्‍कसको सभाघरका शासकहरूलाई मेरो परिचय दिँदै पत्र लेखिदिनुहोस्,” भनेर अनुरोध गरे। “दमस्‍कस गएर त्‍यो मुक्ति पाइन्‍छ भन्‍ने बाटोमा लागेका पुरुष र स्‍त्रीसमेत सबैलाई खोजी-खोजी पक्रेर यरूशलेममा ल्‍याउन पाऊँ,” भनी तिनले अधिकार मागे। शाऊल दमस्‍कस सहर जाँदै थिए। जाँदाजाँदै सहरको नजिकै पुग्‍दा एक्‍कासि आकाशबाट चहकिलो उज्‍यालो उनको वरिपरि चम्‍क्‍यो। शाऊल भूइँमा पछारिए र अचानक उनले यस्‍तो आवाज सुने, “शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?” शाऊलले सोधे, “हे प्रभु, तपाईं को हुनुहुन्‍छ?” “म येशू हुँ, जसलाई तिमी सताउँदै छौ। तर अब उठेर सहरमा जाऊ, तिमीले गर्नुपर्ने काम त्‍यहाँ तिमीलाई बताइनेछ।” शाऊलसँगै जाने मानिसहरू लाटाजस्‍तै अक्‍क न बक्‍क भई उभिरहेका थिए। तिनीहरूले त्‍यो आवाज त सुने, तर कसैलाई देखेनन्। शाऊल भूइँबाट उठे। तर हेर्न खोज्‍दा त केही पनि देख्‍न सकेनन्। त्‍यसो हुँदा तिनका साथीहरूले तिनलाई डोर्‍याएर दमस्‍कसमा ल्‍याए। त्‍यहाँ तिनले तीन दिनसम्‍म आँखा पनि देखेनन्, खाना पनि खाएनन् र पिउन पनि पिएनन्।

शेयर गर्नुहोस्
प्रेरित 9 सरल नेपाली