२ तिमोथी 1:1-2
२ तिमोथी 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्ट येशूमा भएका जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, मेरो प्रिय बालक, तिमोथीलाई: परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति।
२ तिमोथी 1:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावलबाट, मेरो प्यारो छोरा तिमोथीलाई: परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति!
२ तिमोथी 1:1-2 पवित्र बाइबल (NERV)
ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ। मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।
२ तिमोथी 1:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको इच्छाले ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञा सुनाउन म पावल ख्रीष्टको प्रेरित भएको हुँ। तिमी मेरा प्यारा छोरा तिमोथीलाई यो लेख्दै छु। परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीलाई अनुग्रह, कृपा र शान्ति देऊन्।