२ कोरिन्थी 3:2-3 - Compare All Versions
२ कोरिन्थी 3:2-3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्न र पढ्न सक्ने गरी तिमीहरूका हृदयमा लेखिएको छ। तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्टका पत्र हौ, अर्थात् हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्वरका आत्माले लेखिएको हो— ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा।
२ कोरिन्थी 3:2-3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू नै हाम्रा सिफारिस पत्र हौ; जुन हाम्रा हृदयहरूमा लेखिएको छ, र सबै मानिसहरूद्वारा चिनिन्छ र पढिन्छ। तिमीहरूले नै यो देखाउँदछौ, तिमीहरू ख्रीष्टका पत्र हौ, हाम्रा सेवाका प्रतिफलहरू हौ। जुन पत्र मसीले होइन, तर जीवित परमेश्वरका आत्माले लेखिएको हो, ढुङ्गाका पाटीमा होइन, तर मानवीय हृदयका पाटीहरूमा लेखिएको छ।
२ कोरिन्थी 3:2-3 NERV (पवित्र बाइबल)
तिमीहरू नै हाम्रो परिचय पत्र हौ। त्यो परिचय पत्र हाम्रो हृदयमा लेखिएको छ। त्यो सबैले जानेका र पढेका छन्। यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुङ्गाका पाटीहरूमा लेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।
२ कोरिन्थी 3:2-3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सबैले बुझ्न र पढ्न सक्ने तिमीहरू नै हाम्रा हृदयमा लेखिएका हाम्रो सिफारिस पत्रहरू हौ। साँच्चै तिमीहरू ख्रीष्टले लेखेका पत्र हौ र पत्र पुर्याउने हामी नै हौं। ढुङ्गाको पाटीमा वा मसीले लेखिएको पत्र होइन तर जिउँदो परमेश्वरकै आत्माले हृदयमा लेखिएको पत्र हो।