१ तिमोथी 2:2-4
१ तिमोथी 2:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं। हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।

१ तिमोथी 2:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्च पदमा रहेकाहरूका निम्ति चढाइऊन्। यो असल हो र हाम्रा मुक्तिदाता परमेश्वरलाई प्रसन्न तुल्याउँछ। उहाँ सबै मानिसहरूले उद्धार पाऊन् र सत्यताको ज्ञानमा आऊन् भन्ने चाहनुहुन्छ।
१ तिमोथी 2:2-4 पवित्र बाइबल (NERV)
राजाहरू अनि उनीहरू सबैकोलागी जो अधिकार-सम्पन्न छन्, प्रार्थना गर जसमा कि हामी शान्तिसित अनि कुनै वाधाबिना जिउन पाऊँ जसमा कि हामी हरेक प्रकारले परमेश्वरको आराधना गर्न सकुँ अनि उहाँ प्रति सम्मान देखाउन पाऊँ। यही राम्रो हुन्छ र यसले हाम्रा उद्धारकर्त्ता परमेश्वर प्रसन्न हुनुहन्छ। परमेश्वर सबैको उद्धार भएको चाहनुहुन्छ अनि उहाँ यो पनि चाहनुहुन्छ कि यो सत्यलाई सबैले जानुन्।
१ तिमोथी 2:2-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राजाहरू र सरकारी मानिसहरूका लागि पनि प्रार्थना गर्ने गर। त्यसो भए हामी सुखशान्तिको जीवनले पूरा समय परमेश्वरकै भक्ति र ध्यानमा लाग्न सक्नेछौं। यसो गर्नु राम्रो कुरो हो र हाम्रा मुक्तिदाता परमेश्वरले पनि यही मन पराउनुहुन्छ। सबै मानिसहरू बाँचून् र सत्यलाई राम्ररी चिनून् भन्ने नै उहाँको इच्छा छ।