रोमी 7:1-4

रोमी 7:1-4 NCV

दाजुभाइ-दिदीबहिनीहरू हो, के तिमीहरू जान्दैनौँ? म व्यवस्था जान्‍नेहरूसँग बोल्दैछु। व्यवस्थाको अधिकार कुनै पनि व्यक्तिमाथि ऊ जीवित रहुन्जेल मात्र रहन्छ। किनकि एउटी विवाहित स्त्री आफ्ना पति जीवित रहुन्जेल मात्र व्यवस्थाद्वारा पतिसँग बाँधिएकी हुन्छे; तर उसको पतिको मृत्युपछि ऊ त्यो विवाह बन्धनको व्यवस्थाबाट स्वतन्त्र हुन्छे। यदि आफ्नो पति जीवित छँदै उसले अन्य पुरुषसँग यौन सम्बन्ध राखी भने ऊ व्यभिचारिणी कहलाइन्छे। तर उसको पतिको मृत्यु भयो भने ऊ विवाहको व्यवस्थाबाट स्वतन्त्र हुन्छे र अन्य पुरुषसँग विवाह गरिन् भने ऊ व्यभिचारिणी हुँदिन। यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको लागि मरेका छौ, ताकि तिमीहरू मृत्युबाट पुनर्जीवित पारिनुभएका ख्रीष्‍टका हुन सक। अनि परमेश्‍वरका निम्ति फल फलाउन सक।