भजनसंग्रह 136:1-9

भजनसंग्रह 136:1-9 NCV

याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। देवताहरूका परमेश्‍वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। प्रभुहरूका प्रभुलाई धन्यवाद देओ: उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, उहाँले मात्र ठूला अद्‌भुत कार्यहरू गर्नुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले आफ्ना समझशक्तिले आकाश सृष्‍टि गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले पानीमाथि पृथ्वी फैलाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले विशाल ज्योतिहरू बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। उहाँलाई धन्यवाद देओ, जसले रातमा प्रभुत्व गर्नलाई चन्द्रमा र ताराहरू बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

भजनसंग्रह 136 पढ्नुहोस्