हितोपदेश 4:7-10

हितोपदेश 4:7-10 NCV

बुद्धि सर्वोच्‍च हो, यसकारण बुद्धि प्राप्‍त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्‍त गर। बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्‍च पार्नेछ, यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ। यसले तिम्रो शिरमा शोभायमान माला पहिर्‍याइदिनेछ, र महिमामय मुकुट प्रदान गर्नेछ।” हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ।