हितोपदेश 1:1-9

हितोपदेश 1:1-9 NCV

इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू: बुद्धि र अनुशासन प्राप्‍त गर्नका निम्ति, अन्‍तर्दृष्‍टिका वचनको समझ प्राप्‍त गर्नका निम्ति, विवेकी आचरणको अनुशासन प्राप्‍त गर्नको निम्ति जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति, सोझाहरूलाई समझदार, जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति— बुद्धिमान्‌ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्; र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्— हितोपदेश र दृष्‍टान्तहरू, बुद्धिमान्‌का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति। याहवेहको भय ज्ञानको सुरुवात हो, तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन र आफ्नी आमाको शिक्षालाई नत्याग। ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट र तिम्रा गलामा सम्मानको हार हुन्।

हितोपदेश 1 पढ्नुहोस्