अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्ने तपाईं चाहनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “सहरमा कुनै मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुले यसो भन्नुभएको छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्नेछु।’ ” चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे; र निस्तार चाडको भोज तयार गरे। 53 जब साँझ पर्यो, येशू बाह्रै जनासित टेबुलमा खाइरहनुभएको थियो। उहाँहरूले खाइरहनुभएको बेला उहाँले यसो भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।” तिनीहरू अति दुःखी भए, र एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, कतै त्यो म त होइनँ?” येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसले मलाई धोका दिनेछ। मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।” तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, कतै त्यो म त होइनँ?” येशूले जवाफ दिनुभयो, “तिमी आफैँले भन्यौ।”
मत्ती 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:17-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू