मत्ती 25:34-40
मत्ती 25:34-40 NCV
“तब आफ्ना दाहिनेतिरका मानिसहरूलाई राजाले भन्नेछन्, ‘आओ, मेरा पिताका धन्य जनहरू हो, संसारको उत्पत्तिदेखि तिमीहरूका लागि तयार पारिएको राज्यको, तिमीहरू उत्तराधिकारी होओ। किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खानेकुरा दियौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउने कुरा दियौ। म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गर्यौ, मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’ “तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ? हामीले तपाईंलाई कहिले परदेशी देख्यौँ, र भित्र स्वागत गर्यौँ अथवा वस्त्रको अभावमा पहिर्यायौँ? हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’ “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’


