मत्ती 18:28-33

मत्ती 18:28-33 NCV

“तर त्यो सेवक गयो, र ऊसँग काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्‍का ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल्’ भनेर माग गर्‍यो। “ऊसँग काम गर्ने त्यस सेवकले उसको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’ “तर उसले अस्वीकार गर्‍यो। अनि गएर त्यसले ऋण नतिरुन्जेल त्यस मानिसलाई झ्यालखानामा हालिदियो। तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, र गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए। “तब त्यस मालिकले त्यस सेवकलाई भित्र बोलाएर भने, ‘तँ दुष्‍ट सेवक, तैँले मसित क्षमा मागेको कारण मैले तेरा सबै ऋण माफ गरिदिएँ। मैले तँमाथि दया देखाएझैँ, के तैँले पनि आफ्नो सङ्गी-सेवकप्रति दया देखाउनुपर्ने थिएन र?’

मत्ती 18:28-33 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति