यशैया 58:7-9
यशैया 58:7-9 NCV
के तिमीहरूका भोजन भोकाएकाहरूसित बाँड्नु, घरबार नभएका गरिबलाई आश्रय दिनु, नाङ्गोलाई देख्दा त्यसलाई ढाकिदिनु, र आफ्ना खाँचोमा परेका नातेदारहरूसँग नलुक्नु नै उपवास होइन र? जब तिमीहरू यी सबै गर्न थाल्छौ, तब तिमीहरूको ज्योति सूर्योदयझैँ चम्कनेछ, तिमीहरू चाँडै निको हुनेछौ; धार्मिकता तिमीहरूको अगि-अगि जानेछ, र याहवेहको महिमा तिमीहरूको पछिल्तिर रक्षक हुनेछ। जब तिमीहरूले पुकार्नेछौ, र याहवेहले जवाफ दिनुहुनेछ; तिमीहरू सहायताको निम्ति गुहार्नेछौ, तब उहाँले, ‘म यहाँ छु’ भन्नुहुनेछ।

