गलाती 4:4-7
गलाती 4:4-7 NCV
तर जब तोकिएको समय आयो, तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनमा जन्मनुभयो। व्यवस्थाका अधीनमा हुनेहरूलाई मोल तिरेर छुटाउन र हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो। किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभएको हो। त्यही आत्माले उहाँलाई, “ अब्बा, पिता” भनी पुकार्नुहुन्छ। यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्वरका पुत्र हौ र तिमी उहाँको पुत्र हौ भने परमेश्वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुहुन्छ।


