प्रस्थान 4:10-13

प्रस्थान 4:10-13 NCV

मोशाले याहवेहलाई भने, “माफ गर्नुहोला, हे प्रभु। म बोल्नमा सिपालु छैनँ, न त पहिले म सिपालु थिएँ; न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु; किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।” याहवेहले तिनलाई भन्‍नुभयो, “मानिसलाई बोल्ने मुख कसले दियो? त्यसलाई लाटो वा बहिरो, देख्ने वा नेदेख्ने भनी कसले निर्णय गर्छ? के त्यो म याहवेहले नै होइनँ र? अब जा; म तँलाई बोल्न सहायता गर्नेछु, र तैँले भन्‍नुपर्ने कुरा सिकाउनेछु।” तर मोशाले भने, “हे प्रभु, म तपाईंको दास बिन्ती गर्छु, कृपया अरू कसैलाई पठाउनुहोस्।”

प्रस्थान 4 पढ्नुहोस्