उपदेशक 1:2-8
उपदेशक 1:2-8 NCV
“अर्थहीन नै अर्थहीन!” उपदेशकले भन्दछन्, “पूर्ण रूपमा अर्थहीन! सबै थोक अर्थहीन हुन्।” मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई के नै लाभ हुन्छ र? पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्; तर पृथ्वी सदासर्वदा रहिरहन्छ। सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ; अनि जुन ठाउँबाट उदाएको थियो फेरि हतारिँदै आफ्नै ठाउँतिर फर्किजान्छ। बतास दक्षिणतिर बहन्छ, र फेरि उत्तरतिर फर्कन्छ; त्यो फन्को मार्दै, फेरि फन्को मार्दै फर्केर आउँछ। सबै नदीनालाहरू बगेर समुद्रमै जान्छन्, र पनि समुद्र कहिल्यै भरिँदैन; जुन स्थानबाट ती नदीनालाहरू आउँछन्, ती फेरि त्यतैतिर फर्केर जान्छन्। सबै थोक विरक्तलाग्दा छन्, कसैले ती वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन; न त सुनेर कान तृप्त हुन्छ।

