प्रेरित 2:3-11
प्रेरित 2:3-11 NCV
अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे। तिनीहरू सबै पवित्र आत्माले भरिए। तब पवित्र आत्माले तिनीहरूलाई सामर्थ बनाउनुभएअनुसार अन्य भाषाहरूमा बोल्न थाले। त्यस समयमा स्वर्गको मुनि भएका हरेक राष्ट्रबाट परमेश्वरको भय मान्ने यहूदीहरू यरूशलेममा बसेका थिए। जब तिनीहरूले यो आवाज सुने, तब अति आश्चर्यचकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो। किनकि तिनीहरू हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने। अनि तिनीहरूले एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने मानिसहरू सबै गालीली होइनन् र? तब कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामी सुन्दैछौँ? हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, मेसोपोटामिया बासी, यहूदिया, कापाडोकिया, पोन्टस र एशियाका, अनि फ्रिगिया र पामफिलिया, इजिप्ट र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौँ, र रोमबाट आएका परदेशीहरू (यहूदी र यहूदी धर्म मान्नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौँ। सबैले हाम्रा आ-आफ्नै भाषामा परमेश्वरको अद्भुत कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौँ!”

