2 कोरिन्थी 11:1-4

2 कोरिन्थी 11:1-4 NCV

मेरो मूर्खतालाई तिमीहरूले सहिदिए कति असल हुनेथियो! हो, कृपया सहिदेओ। म तिमीहरूप्रति परमेश्‍वरको जोशले जोशिलो बनेको छु; त्यसैले म प्रतिज्ञा गर्दछु, कि एक जना दुलहा अर्थात् ख्रीष्‍टसित म आफैँले तिमीहरूलाई मगनी गराइदिएको छु, ताकि तिमीहरूलाई एउटी पवित्र दुलहीका रूपमा उहाँलाई प्रस्तुत गर्न सकूँ। तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैँ तिमीहरूको मन पनि ख्रीष्‍टप्रतिको आफ्नो निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्‍ने मलाई डर लाग्छ। किनकि यदि कोही आएर तिमीहरूलाई हामीले प्रचार गरेको येशूबाहेक अर्को येशूको प्रचार गर्छ, अथवा तिमीहरूले पाएका परमेश्‍वरको आत्माबाहेक अर्को आत्मा तिमीहरूले ग्रहण गर्‍यौ, अथवा तिमीहरूले ग्रहण गरेको भन्दा अर्कै सुसमाचार ग्रहण गर्‍यौ भने तिमीहरूले सजिलै उसको कुरा स्वीकार गर्दारहेछौ।

2 कोरिन्थी 11 पढ्नुहोस्