हितोपदेशको पुस्तक 13:1-14

हितोपदेशको पुस्तक 13:1-14 NERV

एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन। तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैँ खराब काम मात्र गर्न चाहान्छन्। एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ। अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिससँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ। धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन् तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्। इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ। यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ। धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन। एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो। घमण्डले झगडा़ मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ। यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ। पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखीत बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो। मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ। बुद्धिमानी मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फर्काउँछ।