यहोशूको पुस्तक 9:16-21

यहोशूको पुस्तक 9:16-21 NERV

तिमीहरूसित सम्झौता गरेको तीन दिन पछि इस्राएलीले थाहा पाए। कि ती मानिसहरू वास्तवमा तिनीहरूका नजिकै बस्नेहरू रहेछन्। यसकारण तेस्रो दिनमा इस्राएलीहरू तिनीहरूको शहरहरूमा गए। ती शहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत्यारैम थिए। तर इस्राएलका सेनाले ती शहरहरूको विरूद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए। सबै मानिसहरूले ती अगुवाहरू विरूद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए। तर ती अगुवाहरूले उत्तर दिए, “हामीले हाम्रो शपथ दिएका छौं। हामीले परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने शपथ गरेका छौं। अब हामी तिनीहरू विरूद्ध लड्न सक्तैनौं। यो त्यही हो जो हामीले गर्नु पर्छ। हामीले तिनीहरूलाई बाँच्न दिनुपर्छ। हामीले तिनीहरूलाई चोट पुर्याउनु हुँदैन नत्र परमेश्वर हामीसित क्रोधित हुनुहुनेछ किनभने हामीले तिनीहरूलाई दिएको शपथ भङ्ग हुनेछ। यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्।