यहोशूको पुस्तक 1:5-9

यहोशूको पुस्तक 1:5-9 NERV

कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन। “यहोशू, तँ दृढ़ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु। तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंले उसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुशरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्। त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख्। दिन-रात त्यस पुस्तकको अध्यान गर्। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंले जे कुरा गर्छस् त्यसमा सफल हुने छस्। याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”

यहोशूको पुस्तक 1:5-9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति